मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

शंख फुकेर इन्धनको मूल्‍यवृद्धिको विरोध


  • आइतबार, असार २७ २०७८
6.7K
SHARES

फाइल तस्विर

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा विपक्षी गठबन्धनमा आवद्ध दलका विद्यार्थी संगठनले आइतबार शंख फुकेर विरोध प्रदर्शन गरेका छन् ।

आइतबार माइतीघरमा भेला भई विद्यार्थी नेता कार्यकर्ताहरुले शंख फुकेर विरोध जनाएका हुन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधवकुमार नेपाल निकटको अनेरास्ववियू, जसपाको उपेन्द्र यादव निकटको समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चाको अखिल छैठौंले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका हुन् ।

विद्यार्थी संगठनहरुले मूल्यवृद्धिविरुद्ध चरणवद्ध आन्दोलन घोषणा गरेकाा छन् । असार २८ गते नेपाल आयल निगमका गाडीहरु चल्‍न नदिने, असार २९ गते पेट्रोलियम ढुवानी र बिक्री गर्ने संगठनहरुलाई पेट्रोलपम्प र ट्‍यांकर सञ्‍चालन गर्न नदिने तथा असार ३० गते देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्‍यांकर बन्‍द गर्ने उनीहरुको कार्यक्रम छ ।

पाँच विद्यार्थी संगठनले विघटित संसदको पुन:स्थापना, एसइइ र १२ कक्षाको परीक्षामा देखिएको समस्या, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको समस्‍या लगायतको माग गर्दै प्रदर्शन आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा