शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सरकारले अध्यादेशको माध्यमले तानाशाही शासन चलाउँदैछ : अनिता देवकोटा


  • आइतबार, असार २७ २०७८
5.9K
SHARES

फाइल तस्विर

राष्ट्रियसभा सदस्य अनिता देवकोटाले सरकारले अध्यादेशमार्फत तानाशाही शासन चलाएको आरोप लगाएकी छन् । सरकारले नागरिकको हित विपरीत केवल आफ्नो अभिष्ट पूरा गर्न मात्रै राज्य सञ्चालन गरिरहेको उनको आरोप छ ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै देवकोटाले आफैं कानून बनाउने, कार्यान्वयन गर्ने र कानूनको व्याख्या गरेर सरकारले निरंकुशता प्रस्तुत गरेको बताइन् ।

यदि सरकारले अध्यादेशमार्फत सत्ता सञ्चालन गर्ने हो भने यो तानाशाही हुन्छ । नागरिकको हित विपरीत सरकारले आफ्नो अभिष्ट पूरा गर्नको लागि अध्यादेशको माध्यमबाट राज्य सञ्चालन गर्छ,’ उनले भने, ‘आफैं कानून बनाउने, आफैं कार्यान्वयन गर्ने र आफैं कानूनको व्याख्या गर्ने यो प्रजातन्त्रभित्रको निरंकुशता हो ।’

देवकोटाले सरकारले घोषणा गरे अनुसार कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खट्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध नगराएको पनि बताइन् । जोखिमभत्ता नपाउँदा स्वास्थ्यकर्मीको मनोबल नबढेको उनको भनाइ छ ।

महिला हिंसाको घटनामा वृद्धि भइरहेको भन्दै उनले संवेदनशील विषयमा सरकारले फास्ट ट्रयाकका माध्यमबाट अनुसन्धान गरी दोषीहरुलाई कानूनी दायरामा ल्याउन सरकारले ढिला गरेको बताइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा