शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

कर्णालीमा आज पनि प्रदेशसभा बैठक अवरुद्ध


  • आइतबार, असार २७ २०७८
8.9K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले आइतबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

फ्लोरक्रस गरेर मन्त्री बनेका तीनजना एमाले सांसदहरु अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा सरकारबाट फिर्ता नआएको भन्दै एमालेले संसद अवरोध गर्दै आएको हो ।

प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि एमालेको निरन्तर अवरोधले सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन ।

आइतबार पनि बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । एमाले सांसद पदम रोकायले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण निरन्तर सदन अवरुद्ध गर्नुपरेको बताए । ‘हाम्रो दलको एउटै माग छ, सरकारले जबसम्म आफ्ना गल्ती सच्याउँदैन, तबसम्म सदनको कारवाही अगाडि बढ्न सक्दैन,’ सांसद रोकायले भने ।

सांसद रोकायले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुख राजबहादुर शाहीले यही असार २९ गते दिउँसो २ बजे सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ ।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शाही र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री बुढा सरकारबाट नबाहिरिएसम्म संसद चल्न नदिने एमालेको अडान छ । वैशाख ३ गते थापा, शाही र बुढासहित प्रकाश ज्वालाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा