मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

कम्युनिस्टका नाटक र नौटंकीबाट मुलुकले कहिले निकास पाउँछ ? : सांसद प्रकाश पन्थ


  • आइतबार, असार २७ २०७८
7.5K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले कम्युनिस्टका कारण मुलुक बन्धक भइरहेको टिप्पणी गरेका छन् ।

आइतबार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘कम्युनिस्ट कोरोना र प्रकोपको ताण्डपबाट मुलुक र जनताले कहिले मुक्ति पाउँछन् ? सदन र सडक र मिडियाबाट जे जस्तो कुराहरु आए पनि मुख्य चुरो कुरो यही नै हो । कम्युनिस्टका कारण मुलुक बन्धक भइरहेको छ’ पन्थले प्रश्न गरे, ‘कम्युनिस्टका नाटक र नौटङ्कीबाट मुलुकले कहिले निकास पाउँछ ?’

सांसद पन्थले नागरिकले समयमै खोप नपाएको, किसानले समयमै मल नपाएको, समयमै बाढी पहिरो रोकथामको उपाय अपनाउने र अध्ययन गर्नेतिर ध्यान नदिएको आरोप लगाए ।

कोरोना उपचारमा मनोमानी शुल्क लिने गरेको चौतर्फी सुन्दा पनि सरकारले नसुनेझैँ गरेको भन्दै सरकारको जवाफ माग गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा