नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रियसभामा आएर बजेट भाषण गर्न माग गरेका छन् । यसका लागि नियम-कानून सच्याउनुपर्ने भए त्यसमा हिच्किचाउनु नहुने उनको भनाइ छ ।
राष्ट्रियसभाको बैठकमा बोल्दै गौतमले भने, ‘अर्थमन्त्रीले बजेट भाषण गर्नुभयो, तर कहाँ गर्नुभयो थाहा छैन । राष्ट्रियसभामा गरेको भए के हुन्थ्यो ? यदि संविधान र नियम-कानूनले रोक्छ भने त्यो बदलौं । राष्ट्रियसभा संघीय सांसदको अंग हो । प्रतिनिधिसभा नभएको बेला राष्ट्रियसभामा बजेट प्रस्तुत गर्ने व्यवस्था मिलाइयोस् ।’
उनले थपे, ‘अर्थमन्त्रीले राष्ट्रियसभामा बजेट भाषण गरेर त्यसमा छलफल गराउनुपर्छ । अनि मात्र पारित गर्दा राम्रो हुन्छ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।