
ललितपुर ।
धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ ।
बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको नर्भिक अस्पतालले जानकारी दिएको छ ।
दुईवटा जीप एकआपसमा जुध्दा माेटरसाइकलमा ठक्कर पुगेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।