शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकी प्रदेश सरकारले भ्रष्टाचारको सुरुवात गर्‍यो : पृथ्वीसुब्बा


  • शनिबार, असार २६ २०७८
9.2K
SHARES

फाईल तस्बिर

प्रमुख विपक्षी नेकपा एमालेले सरकारमाथि भ्रष्टाचारको सुरुवात गरेको आरोप लगाएका छन् ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जाँदाजाँदै ४ अर्बभन्दा बढीको टेण्डर गरेको आरोपको खण्डन मात्र गरेनन्, सरकारमाथि नै भ्रष्टाचार सुरु गरेको आरोप लगाएका छन् ।

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेको भन्दै उनले भने, ‘गैरबजेटरी खर्च नै भ्रष्टाचारको सुरुवात हो । उहाँहरुले भ्रष्टाचारको सुरुवात त गरिसक्नुभयो ।’

आफ्नो जिल्ला सभापतिहरुको सिफारिसमा रकम बाँडिएको भन्दै उनले अघि भने, ‘यो १६ करोड भ्रष्टाचारको मुद्दा हुन्छ, यसमा सम्बन्धित निकायले ध्यान दिनेछ ।’

आफ्नो नेतृत्वले सरकारले कुनै बजेट, नीति कार्यक्रम र विकासको कार्यक्रममा नभएको योजनामा रकम खर्च नगरेको दाबी गरे । बजेट अभावका कारण एकैपटक टेण्डर गर्न नसक्ने भएपछि टुक्र्याउनु परेको उनको स्पष्टीकरण छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा