नेपाली कांग्रेसले धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्रीले गम्भीरता नदेखाएको बताएको छ ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनादेखि चिकित्सक, विद्यार्थी र कर्मचारीले गरिरहेका आन्दोलनलाई सम्बोधन गर्न कुनै पहल नगरेको कांग्रेसको आरोप छ ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘प्रधानमन्त्रीको जिम्मेवारीभित्र अनेकौं विषय पर्दछन् र छन् भन्ने तथ्यमा कसैको दुईमत छैन । तर त्यो भनिरहँदा प्रतिष्ठानको कुलपति हुनुको गहन दायित्व र कर्तव्य निर्वाह नगरेर मौन, निरपेक्ष या भूमिका शून्य बस्नु भनेको आफ्नो जिम्मेवारीप्रतिको चरम गैरजिम्मेवारी हो ।’
कोरोना महामारीको बेला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समय द्वन्द्व कायम रहँदा त्यसले समग्र प्रतिष्ठान र नागरिक समेतलाई गम्भीर असर पुग्ने कांग्रेसले बताएको छ । तर यसको हेक्का कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नहुनु दुःखद भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिष्ठानभित्रका अनियमिता र अराजकताको ढाकछोप नभई उपचार गर्नुपर्ने आवश्यकता रहेकोमा कांग्रेसले जोड दिएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।