मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

पौडेल समूहका सभापतिका आकाङ्क्षी मध्य प्रकाशमाननै देउवाको विकल्प !


  • शुक्रबार, असार २५ २०७८
12.1K
SHARES

फाइल तस्विर

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिको दाबेदार सात जानाले घोषित रूपमै गरी सकेको अवस्था देखिन्छ । कोहीले खुलेरै सभापतिको दाबेदार गरेका छन् भने कसैले कार्यकर्ता माझमा सभापति लड्ने बताएका छन् ।

वरिष्ठ नेता राम चन्द्र पौडेल, महामन्त्री शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, पूर्व सह महामन्त्री द्वय अर्जुननरसिंह केसी र डा रामशरण महत, नेताहरू, डा शेखर कोइराला र सुजाता कोइराला लगायतले  नेतृत्वको दाबी गरिरहेका छन् ।

यस मध्य वरिष्ठ नेता रामचन्द्र पौडेल अग्रस्थानमा हुने नै भए । महामन्त्री शशाङ्क कोइराला, डा शेखर कोइराला, सुजाता कोइराला सभापतिको दाबी गरिरहेको अवस्था छ ।  कोइराला परिवारले अहिलेकै अस्थानमा नेतृत्व पाउने सम्भावना नरहेको जानकारहरू बताउँछन् । त्यस्तै रामचन्द्र पौडेलबाट योग्य भए पनि कार्यकर्ताले अब रुचाउने सम्भावना टर्दै आएको बतईन्छ ।

पौडेल खेमामा सबैभन्दा बलियो सभापतिको दाबेदारको रूपमा  पुर्बमाहामन्त्री प्रकाशमान सिंह रहेको बताइँदै आएको छ ।  खुलेरै प्रकाशमान सिंहले म नेचुरल सभापतिको उम्मेदवार हो भनेर घोषणा गरी सकेको अवस्था छ ।

काँग्रेसमा शेरबहादुरको विकल्पको रूपमा वरिष्ठ नेता प्रकाशमान लाई नै अगाडि देखिनै हेरिँदै आएको नाम नखुलाउने सर्तमा एक नेता बताउँछन् ।

अहिलेको अवस्थामा जनताको बिचमा देउवाको छवि टेस्टेड भइसकेको र पौडेल चुनाव समेत पराजित भएर अनपपुलर भइसकेको अबस्थमा स्वतः प्रकाशमान बलियो भएको बताइन्छ ।

जनस्तरबाट युवाले नेतृत्व पाउनुपर्ने आवाज उठिरहेको बेला अहिले नै युवाले नेतृत्व पाउने सम्भावना नरहेको र युवाहरू पनि देउवा र पौडेललाई भन्दा सिंहलाईनै सघाउने मनसायमा पुगेको बताइँदै आइएको छ ।

पार्टी भित्र देउवा बलियो पोजिसनमा  रहेको अवस्था भए पनि चौतर्फी दबाबका कारण  आलोचित भएको अवस्थामा प्रकाशमान बलियो हुँदै आएको जानकारहरू बताउँछन् । कोइराला परिवार भित्रको खिचातानीले पनि सिंह बलियो पोजिसनमा पुगेको जानकारहरू बताउँछन् ।

पछिल्लो पटक काँग्रेस संसदीय दलको निर्वाचनमा प्रकाशमान सिंहले २१ भोट ल्याएका थिए । जबकि ३२ भोट ल्याए त्यहाँ मेजोरिटी पुग्थ्यो । त्यो बेला देखिनै देउवाको विकल्पको रूपमा हेर्न थालिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा