नेकपा अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सरकार आलोपालोको सहमति सम्झाएपछि नेकपामा नयाँ तरंग फैलिएको छ ।
प्रतिवादमा अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किनुअघि दिल्लीमै दाहालमाथि व्यंग्य कसे, ‘सरकार वर्ष दिन किन ? अब ५, ६ दिन मात्रै चल्छ ।’
बरिष्ठ नेता माधवकुमार नेपालले ओलीको पक्षपोषण गरेका छन् । उनले एक कार्यक्रममा भने, ‘कोही भ्रममा नपरे हुन्छ, ओली नेतृत्वको सरकार ५ वर्षै चल्छ ।’
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।