बिहीबार दिउँसो गएको पहिरोले स्याङ्जामा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । दिउँसो सवा २ बजे पुतलीबजार नगरपालिका- ४ गौतमडाँडास्थित सिद्धार्थ राजमार्गमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो ।
सो क्षेत्रमा अविरल वर्षाका कारण पहिरो गई राजमार्ग अवरुद्ध भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अवरुद्ध सडक खुलाउन पुतलीबजार नगरपालिका र सडक विभागसँगको सहकार्य भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।