मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको विपक्षीको आरोप


  • बिहिबार, असार २४ २०७८
7.6K
SHARES

फाईल तस्बिर

विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारले प्रदेश सभालाई झुटको खेती गर्ने थलो बनाएको आरोप लगाएका छन् ।

प्रदेशसभाको बिहीबारको बैठकमा बोल्दै प्रमुख सचेतक कार्कीले प्रदेश सरकारले हाल बन्द अबस्थामा रहेको कोशी कोभिड अस्पताल बनाएर चलाइरहेको भनेर प्रदेश सभा बैठकमा पटक पटक झुट बोलेको आरोप लगाएका हुन् । उनले प्रश्न गरे ‘सरकारले किन जतिखेर पनि झुटो कुरा मात्र गर्छ ? किन संसदलाई झुट बोल्ने थलो बनाउँछ ?’

कार्कीले नागरिकले स्थापना गरेको नागरिक केयर सेन्टरलाई सरकारले बनाएको भन्दै जनतालाई र सांसदहरुलाई समेत सरकारबाट ढाँट्ने काम हुदै आएको दाबी समेत गरे ।

त्यसैगरी कार्कीले संघीय सरकारले सातै प्रदेशका मुख्यमन्त्रीहरूका लागि काठमाडौ गएको बेला बस्नका लागि अपार्टमेन्ट उपलब्ध गराएपनि मुख्यमन्त्रीले छुट्टै घर भाडामा लिएर करोडौं रुपैयाँ खर्च गरेको भन्दै उनले मुख्यमन्त्रीको आलोचना समेत गरेका छन् । ‘धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखेर वर्षमा एक पटक पनि नजाने,’ प्रमुख सचेतक कार्कीले भने ‘तर, काठमाडौमा गएर आफुखुसी बस्नका लागि जनताको पैसा खर्च गर्ने ? त्यो जरुरी छैन भन्ने बुझ्न पर्छ ।’
उनले संघीय सरकारले कोशीटप्पुको उकास जमिन सरकार निकटका व्यापारीलाई लिजमा दिएको भन्दै सरकारको सो कार्यको बिरोध समेत गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा