शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पूर्वप्रधानमन्त्री झलनाथ खनालको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने


  • बिहिबार, असार २४ २०७८
12.1K
SHARES

फाईल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ ।

खनालको उपचारमा लागेको सम्पूर्ण खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था मिलाउने सरकारको निर्णयको जानकारी मुख्यसचिव शंकरदास वैरागीले अर्थ र गृहमन्त्रालयलाई गराएका छन् ।

मृगौलासम्बन्धी समस्या देखिएपछि वरिष्ठ नेता खनाल हाल भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यसअघि नेता खनालको उपचार खर्च व्यहोर्ने जानकारी गराएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा