विपक्षी गठबन्धनसम्वद्ध पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमको कार्यालयमा उनीहरूले मूल्य वृद्धि फिर्ता नलिए कडा आन्दोलमा उत्रने चेतावानीसमेत दिएका छन् ।
कोरोना महामारी र बन्दाबन्दीको कारण उपभोक्ताको जन(जीवन कष्टकर भएको अवस्थामा अत्यावश्यकीय उपभोग्य वस्तुमा मुल्यवृद्धि हुनु अत्यन्तै आपत्तिजनक भएको उनीहरूको टिप्पणी छ ।
विद्यार्थी संगठनको ज्ञापनपत्रमा भनिएको छ,’जनतालाई राहत र सहुलियतको जरुरत रहेको अवस्थामा थप पीडा र आहत दिने यो मुल्यवृद्धि घोर जनविरोधी र घातक रहेको छ । ‘
विगतमा दुई रङ्गको ग्यास सिलिण्डर वनाई विद्यार्थीलाई परिचयपत्रको आधारमा सहुलियत दरमा एलपी ग्यास उपलब्ध गराउने गरी विद्यार्थी आन्दोलन र नेपाल आयल निगमबीच भएको सहमति कार्यान्वयन गर्ने प्रक्रिया तत्काल अघि बढाउन पनि उनीहरूले माग गरेका छन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।