मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

एमाले कार्यदलको बैठक साँझ ७ बजे पुन: बस्ने, दुवै पक्ष आन्तरिक छलफलमा


  • बिहिबार, असार २४ २०७८
5.3K
SHARES

फाइल तस्विर

एमाले कार्यदलबीचको वार्ता साँझ ७ बजेसम्मका लागि स्थगित भएको छ । करिब १ घण्टा छलफल गरेर नेताहरू उठेका छन् ।

छलफलबाट निस्केर संस्थापन पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले वार्ता सकारात्मक रहेको जानकारी दिएका छन् । उनले भने, आजै निष्कर्षमा पुग्ने प्रयास हुन्छ । बाहिरी चर्चाको पछाडि नलागौं, वार्ता सकारात्मक छ ।’

संस्थापन पक्षका विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आन्तरिक छलफलमा जुटेका छन् ।

माधव पक्षका कार्यदल सदस्यहरू वार्तास्थल अर्थमन्त्रालयमा आन्तरिक छलफलमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा