नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सरकारको कुटनीतिक कमजोरीका कारण नेपालमा कोभिड विरुद्धको खोप आउन नसकेको आरोप लगाएका छन्।
राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रियसभा सदस्य नेपाल सरकार खोप ल्याउने कुरामा सम्पूर्ण रुपमा असफल भएको दाबी गरेका हुन् । अपरिपक्व कुटनीतिका कारण सरकारका सबै कुटनीतिक प्रयासहरु असफल भएको टिप्पणी उनले गरे ।
दक्षिण एशियाको सन्दर्भमा अमेरिका सरकारको सहजीकरणमा २५ लाख डोज बंगलादेशलाई उपलब्ध भएको र सोही परिमाणमा पाकिस्तानलाई पनि उपलब्ध भएको, भुटानलाई डेनमार्क सरकारले कोभ्याक्स स्किम अन्र्तगत २५ लाख डोज भ्याक्सिन पठाउने कुरा भईरहेको तथा श्रीलंकामा पनि अमेरिकी सरकारको संयोजनमा खोप उपलब्ध गराउने काम भएको उदाहरण दिदै उनले ‘सरकार किन फेल भयो ?’ भनी प्रश्न गरे।
उनले वर्तमान सरकार कमिसन एजेन्टहरूको घेराउमा परेको दाबी पनि गरे । उनले कमिसनमा कुरा नमिलेका कारण कोभिशिल्ड खोप आउन नसकेको जिकिर गरे । कमिसन एजेन्टले पैसा नपाएको कारणले कोभिशिल्ड खोप नआएको उनको दाबी छ।’
उनले भने ‘कोभिसिल्डको १० लाख डोज खोप नआउनुको पछाडि पूर्वस्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भनिसक्नुभएको छ, कमिसनको खेलको कारण। कमिसन एजेन्टहरूले अहिलेको सरकारलाई घेरिराखेको छ। मेरो आरोप त्यो छ ।’
उनले सरकारको गलत नीतिका कारण परराष्ट्र मन्त्रालयले काम गर्न र त्यही कारणले डिप्लोम्याटिक डिलिङ फेलियर भएको जिकिर गरे।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।