शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रदेश २ को प्रदेशसभा बैठक फेरि स्थगित, अर्को बैठक २५ गते


  • बुधबार, असार २३ २०७८
9K
SHARES

फाईल तस्बिर

प्रदेश २ को प्रदेशसभा बैठक लगातार दोस्रोपटक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।
सूचनामा भनिएको छ, ‘असार २३ गते दिनको १ बजे बस्ने भनिएको प्रदेशसभा बैठक असार २५ गते दिनको १ बजे बस्नेछ ।’ बैठक स्थगित गरिएको सूचना सांसदहरुलाई एसएमएस पठाएर पनि जानकारी गराइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

असार १ मा आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले प्रस्तुत गरेका थिए । सोही दिन सदनमै सभामुख सरोज यादवले अगामी बैठक असार १५ दिनको १ बजे बस्ने बताए । तर अन्तिम समयमा आएर बैठक स्थगित गरेर असार २३ मा बस्ने सूचना जारी गरिएको थियो ।

आज बस्ने बैठक प्रदेश सरकारको विकास निर्माण र अन्य खर्चको भुक्तानी असार २४ गतेसम्म मात्रै हुने भएकोले स्थगित गर्नुपरेको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए ।

स्रोतका अनुसार बैठक स्थगित गर्नुको अर्को कारण सांसदहरुले संसद क्षेत्र विकास कोषको रकम बढाउन गरेको मागमा सहमति जुट्न नसक्नु पनि हो । यस विषयमा सरकारले नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सांसदहरुसँग पटक–पटक छलफल गरे पनि सहमति नजुटेको बुझिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा