मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

पर्वतमा बाढीले गाडी बगायो, इन्जिनियर र चालक बेपत्ता


  • बुधबार, असार २३ २०७८
11.6K
SHARES

सांकेतीक तस्बिर

पर्वतमा खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु हुन् ।

कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको छ । ‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै सकिएको छैन,’ सिडिओ खत्रीले भनिन्, ‘वेपत्ताहरुको अवस्था पनि अज्ञात छ ।’

सिडिओ खत्रीले उक्त बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिइन् । ‘बाढीपहिरोले अहिले बाटो पूरै बन्द भएको छ । खोल्न पनि सकिराख्या छैनौं,’ उनले भनिन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा