८ असार २०७८ मा सम्पन्न हुनुपर्ने जनगणना २०७८ आगामी १ असोजदेखि १५ असोजसम्म हुने गरी प्रस्ताव गरिएको छ । केन्द्रीय तथ्यांक विभागले जनगणना सम्पन्न हुने पर्ने गरी तोकिएको समयभन्दा धेरै पर सार्न नहुने गरी जनगणनाको मूलगणना १ असोजदेखि १५ असोजसम्म गर्न प्रस्ताव गरेको हो ।
केन्द्रीय तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार जनगणनाको मिति तोक्ने काम मन्त्रिपरिषद्ले गर्ने छ । ‘
सम्भवतः एक साता भित्र नयाँ मिति घोषणा हुन्छ,’ उनले भने । उनका अनुसार बर्षायाम शुरु नभएको अवस्थामा जेठ अन्तिमसातादेखि असार पहिलोसाता भित्र नेपालमा जनगणना हुँदै आएको छ ।
यसरी हुने जनगणनाका दौरान नेपालको सबै भूभागमा गणक पुग्न सहज हुन्छ । तर, यो पटक कोरोना भाइरसको महामारीका कारण तोकिएको समयमा जनगणना हुन सकेन । सोहीकारण जनगणना अनिश्चित कालका लागि बन्द गरिएको थियो ।
तर, विभागले भने महामारी केही कम भएको भन्दै साउनबाटै तयारी थाल्ने तयारी गरेको छ । ‘मूल गणना १ असोजबाट थालेर १५ दिनसम्म चलाउने तयारी छ, ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।