मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

चोरी भएका ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर भेटियो


  • मंगलबार, असार २२ २०७८
10.8K
SHARES

फाईल तस्बिर

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथले निषेधाज्ञाको समयमा हराएका मोटरसाईकल नियन्त्रणमा लिई धनीलाई हस्तान्तरण गरेको छ ।
कोभिड १९ महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि सरकारले जारी गरेको निषेधाज्ञाको समयमा विभिन्न स्थानबाट हराएका मोटरसाईकल र स्कुटरलाई मंगलबार महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएकोमा ३३ वटा मोटरसाईकल र ८ वटा स्कुटर छन् ।

पछिल्लो समय चोरी भएर पक्राउ गरेको अधिकांश मोटरसाइकलहरु बजाज कम्पनीको पल्सर र हिरो होन्डा कम्पनीका रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । विशेष गरेर चोरी गर्ने समुहले सस्तो, सुलभ, आकर्षक र बढी डिमान्ड हुने खालका मोटरसाइकल र स्कुटरहरु चोरी गर्ने गरेको पाईएको छ ।

युवा पुस्ताको रोजाई र ग्रामीण भेगमा समेत माग बढी भएकाले पल्सर मोटरसाईकल बढी चोरी हुने गरेको बुझाई महाशाखाको छ ।
महाशाखाले यस आर्थिक बर्षमा मात्रै हराएका ४ सय १३ वटा मोटरसाइकल खोजतलास गरी सम्बन्धित धनीलाई जिम्मा दिएको र चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा