शनिबार, साउन ३० २०८३
ताजा अपडेट

विमलेन्द्रलाई भेट्न उनकै निवासमा पुगे शेखर कोइराला


  • सोमबार, असार २१ २०७८
10.8K
SHARES

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी निधि र कोइरालाबीच सोमबार दिउँसो भेटवार्ता भएको हो । निधि निवास मध्यवानेश्वरमा दुई नेताबीच आसन्न महाविधेशनका बारेमा छलफल भएको ती नेता निकट स्रोतले बताएको छ ।

संस्थापन समूहमा रहेका उपसभापति निधिले सभापतिका आकांक्षी नेताहरुलाई भेटेर सहमतिबाट नेतृत्व चयन गर्नुपर्ने बताउँदै आएका छन् । उनले कांग्रेसमा चर्चामा रहेका सबै सभापतिका आकांक्षीसँग छलफल गरिसकेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेर उनले १४ औं महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

त्यस्तै केन्द्रीय सदस्य कोइरालाले पनि सभापतिमा उम्मेदवारी दिने बताइसकेका छन् र आफूलाई सहयोग गर्न आग्रह गर्दै भेटघाट तीव्र बनाएका छन् । कांग्रेसले महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने गरी कार्यतालिका अनुमोदन गरिसकेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा