शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

सुजिता भण्डारी प्रकरण : राजमार्ग अवरुद्ध, प्रहरीविरुद्ध नारावाजी


  • सोमबार, असार २१ २०७८
9.9K
SHARES

फाईल तस्बिर

राप्ती नगरपालिका-३ निवासी सुजिता भण्डारीको शव फेला परेपछि स्थानीयहरुले घटना छानबिनको माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
प्रहरीले शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गराएका हुन् ।
युवती हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै उनीहरुले प्रहरीविरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका हुन् ।

राजमार्ग क्षेत्र तनावग्रस्त रहेको छ । स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् ।

असार ११ गते बिहान ६ बजे हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।

जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।

वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा