नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेतृ पम्फा भुसाललाई मातृ शोक परेको छ ।
नेतृ भुसालकी आमा इन्द्रकला भुसालको ९३ वर्षको उमेरमा आज बिहान ७ बजे आफ्नै निवास ललितपुरमा निधन भएको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवासमै पुगेर इन्द्रकलाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
इन्द्रकलाको शव श्रद्धाञ्जलीका लागि घरमै राखिएको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु श्रद्धाञ्जलीका लागि निवासमा पुगेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।