शनिबार, साउन ३० २०८३
ताजा अपडेट

युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा काठमाडौंबाट ८ जना पक्राउ


  • सोमबार, असार २१ २०७८
7.7K
SHARES

फाईल तस्बिर

युरोपका ११ वटा शहरमा जारी युरोकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजेन्द्र श्रेष्ठ प्रधान ‘आरके’ सहित ८ जना छन् ।

आरोपीहरुको साथबाट ३४ लाख ६२ हजार बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । महाशाखाका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले आरोपीहरुलाई काठमाडौंको बौद्ध, कुलेश्वर लगायतका ठाउँबाट नियन्त्रणमा लिएको हो ।

राजेन्द्र श्रेष्ठ प्रधान सहितको समुहले युरोकप र ब्राजिलमा जारी कोपा अमेरिका कप फुटवलमा अनलाइनमार्फत लाखौं हार जित हुनेगरी सट्टेबाजी गराएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा