शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

बाढी पहिरोबाट ४३ खानेपानी र २५ जलविद्युत आयोजनामा क्षति


  • आइतबार, असार २० २०७८
8.5K
SHARES

फाईल तस्बिर

यो वर्षको अविरल वर्षापछि देशका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट साना ठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै गृहमन्त्री बिष्णुप्रसाद पौडेलले यसबारे जानकारी गराएका हुन् । यस्तै सिन्धुपाल्चोक मनाङ, कास्की लगायतका स्थानका २५ जलविद्युत आयोजनामा आशिंक क्षति पुगेको छ ।

सिन्धुपाल्चोको मेलम्ची खानेपानी आयोजनामा पुग्नका लागि पहुँच मार्ग बनाउँनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तर्फबाट २ वटा बेलीब्रिज बनाउन पहल गरिएको छ ।

आयोजना स्थलसम्म पहुँचमार्ग बनाएर बाँध क्षेत्रमा पुगेको क्षतिको मुल्याङ्कन गरी काम अघि बढाइने मन्त्री पौडेलले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा