बजेट पास नहुने देखिएपछि वाग्मती प्रदेशसभाको बैठक सारिएको छ । आइतबार बिहान ११ बजेका लागि आह्वान गरिएको प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको हो ।
सत्तारुढ दल एमालेकै माधव नेपाल समूहले बजेट पास गर्न असमर्थ रहेको जनाएपछि प्रदेशसभाको बैठक ३ बजेका लागि सारिएको जनाइएको छ । प्रदेशसभा सचिवालयले भने प्राविधिक समस्याका कारण ३ बजेका लागि सारिएको जनाएको छ ।
सत्तारुढ दल नेकपा एमाले वाग्मती प्रदेशका प्रमुख सचेतक दीपक निरौलाले आवश्यक छलफलका लागि प्रदेशसभा बैठक स्थगित गरिएको बताए ।
‘केही विवादहरु समाधान गर्नुपर्ने भएकाले प्रदेशसभाको बैठक सारिएको हो,’ उनले भने । उनले प्रदेशसभाको बैठकमा बजेट माथिको छलफल संचालनका लागि सत्तापक्ष र प्रतिपक्ष दलहरु बीच सहमती कायम गर्न आज दिउँसो १ बजे सभामुख सानुकुमार श्रेष्ठसँग छलफलको कार्यक्रम तय गरिएको बताए ।
हिजो शनिबारदेखि प्रदेशसभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।