मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीले मार्गप्रशस्त भनेर सरकार बन्ने मार्ग अवरुद्ध पार्नुभो : वरिष्ठ अधिवक्ता न्यौपाने


  • आइतबार, असार २० २०७८
7.7K
SHARES

फाइल तस्विर

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट सरकार गठन हुने बाटो अवरुद्ध पारेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आइतबार सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गर्दै उनले ओलीले मार्गप्रशस्त गर्छु भन्दै झन् सरकार गठनको मार्ग अवरुद्ध पारेको बताए ।

‘७६(३) को प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त भनेर मार्ग अवरुद्ध गर्नुभयो । उहाँले मार्ग अjरुद्ध गर्ने होइन नि,’ उनले भने । धारा ७६ (५) को प्रधानमन्त्रीमा देउवाको बाटो अवरुद्ध गर्न मात्र ओलीले पनि दाबी गरेको उनको जिकिर छ ।

प्रधानन्यायाधीश जबराले गत पुस ५ गतेको संसद विघटनसम्बन्धी मुद्दाको फैसला गर्दा सरकार गठनको सम्भावना हुँदासम्म प्रतिनिधि सभा विघटन नहुने व्याख्या भएको भन्दै अहिले सरकार गठन हुनसक्ने सम्भावना छ कि छैन भनी प्रश्न गरे । उनले नेकपा एमालेका सांसदले साथ नदिई सरकार बन्न सक्ने अवस्था छ कि छैन भनी प्रश्न गरे ।

जवाफमा न्यौपानेले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवले गरेको दाबी वैधानिक भएको बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा