२४ किलो गाँजासहित प्रहरीले जनकपुरधाम उपमहानगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२१ स्थित कुर्था बस्ने ३५ वर्षीय सन्तोष महासेठलाई २४ किलो २८० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार महासेठले घरमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरिएको हो ।
पक्राउ परेका महासेठ यसअघि पनि पटक पटक लागुऔष मुद्दामा जेल परेका व्यक्ति हुन् । महासेठमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।