शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

साउन २५ गते विधान सम्मेलन गर्ने एमालेको निर्णय, वैशाखसम्म महाधिवेशन सार्ने प्रस्ताव


  • शनिबार, असार १९ २०७८
10.7K
SHARES

फाईल तस्बिर

नेकपा एमालेको विधान सम्मेलन आगामी साउन २५ गते निर्णय गरेको छ । साथै प्रतिनिधिसभाको घोषित निर्वाचन र महाधिवेशनको मिति जुधेको अवस्थामा महाधिवेशनलाई वैशाखसम्म पर सार्ने भएको छ ।

शनिबार अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरू मात्रै सहभागी भएको बैठकले साउन २५ गते विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।

महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरिएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय भएको हो । बैठकमा भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्ने कार्यतालिका बनेको बताइएको छ ।

साउन २५ देखि २७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीका लागि मुख्य नेतालाई जिम्मेवारी तोकिएको छ । बैठकले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको र अधिवेशन तथा निर्वाचनमध्ये निर्वाचनलाई महत्व दिने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा