मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

निर्माण सकिनै लागेको पक्की पुल त्रियुगाको बाढीले बगायो


  • शनिबार, असार १९ २०७८
10.9K
SHARES

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुल भाँचिएको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो भाँचिएको हो ।

सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो स्लाब भाँचिएको चैदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य समेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा भाँचिएको छ’ उनले भने ।

१२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको एउटा पिलर भासिएर दुई वटा स्लाब बगाएको छ । बाढीले स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका अख्तर मियाँ खोलामा खसेर घाइते भएकाे मेयर राईले जानकारी दिए । स्थानीयले उनको उद्दार गरेका छन्


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा