शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

काठमाडौंमा डरलाग्दो दुर्घटना, सुतिरहेका दम्पत्तीको ज्यान गयो


  • शनिबार, असार १९ २०७८
13.3K
SHARES

ट्रिपर दुर्घटना

काठमाडौं – काठमाडौंमा खतरनाक दुर्घटना भएको छ । कागेश्वरी मनोहरा नगरपालिका ५ साँखुमा बा ५ ख २५११ नम्बरको टिप्पर सडकबाट खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी दम्पतीको ज्यान गएको छ। मृत्यु हुनेमा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङ रहेका छन् । मृतक दम्पती गाइवस्तु कुर्न टहरामा बस्ने गरेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ।

शनिवार बिहान ४ बजे माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेको टिप्पर सडकबाट खसेर टहराभित्र पसेको प्रहरीले जनाएको छ। प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घलानले टिप्पर अनियन्त्रित भएर पल्टिएको बयान दिएको प्रहरीले जनाएको छ।

यता, धादिङमा पनि पहिरोले सडकमा गुडिरहेका ४ वटा ट्रक पुरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–१० भएको घटनामा २ जनाको मृत्यु सुमेत भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिनेमा ना ८ ख ४५४० ट्रक र ना ७ ख ३२० नम्बरको कन्टेनर रहेको छ । अन्य २ सवारीको नम्बर खुलेको छैन । उल्लेखित नम्बरका ट्रक र कन्टेनरमा सवार एक–एक जनाको मृत्यु भएको छ ।

ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवन राप्ती नगरपालिका–६ बस्ने १८ वर्षीय वीरबल चेपाङको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् । त्यसैगरी ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार ४३ वर्षीया सोनी देवीको मृत्यु भएको छ । उनी भारतीय रहको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चेपाङको घटनास्थलमै र सोनीको पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यसै घटनामा परी घाइते हुने ३ जनाको पोखरामै उपचार भइरहेको छ । पहिरो नरोकिएका कारण पुरिएका सवारीको खोजी गर्न नसकिएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा