स्विट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ३-१ ले जित निकाल्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको हाे ।
१० खेलाडीमा सिमित स्विट्जरल्यान्डको दुई प्रहार स्पेनी गोलरक्षक उनाइ सिमोनले बचाएपछि स्पेन अन्तिम चारमा पुगेको हो ।
खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाएर आक्रमण बुनेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । काउन्टर अट्याकमा केहि अवसर पाएको स्विस टोलीका लागि मुख्य फरवार्ड ब्रिल एम्बोलो घाइते हुँदा थप असर परेको थियो । स्विस टोलीले काउन्टरमा केहि अवसर सिर्जना गरेपनि स्पेनिस गोलरक्षकलाई खासै समस्या दिन सकेन ।
दोस्रो हाफमा स्पेनले एकपछि अर्को आक्रमण बुनेपनि संयमित स्विस डिफेन्सले गोलरक्षकलाई खासै समस्या दिएन । स्पेनका सेन्टर डिफेन्डरबीच तालमेल नमिल्दा पेनाल्टी क्षेत्रभित्र स्विट्जरल्यान्डले बल पोसेसन पाएपछि कप्तान जेर्दान शकिरीले टोलीलाई अग्रता दिलाएका थिए । तर अन्तिम समयमा असिस्ट दिएका रेमो फ्रुएलर नै रातो कार्ड खाएपछि स्विट्जरल्यान्ड दबाबमा रहयो ।
अतिरिक्त समयमा गोलरक्षक सोमरले लगातार बचाउ गर्दै खेल बराबरीमा नै राखेका थिए । दोस्रो हाफमा पनि स्वीस डिफेन्सले लगातार स्पेनको आक्रमणलाई विफल पार्दै खेल टाइब्रेकरमा लग्न सफल भयो । टाइब्रेकरमा स्पेनले पहिलो प्रहार चुकाउँदै सोमरले अर्को बचाउ गरेपनि स्विट्जरल्यान्डका तीन खेलाडीले गोल गर्न नसक्दा स्पेन ३-१ ले विजयी भयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।