मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

बिपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त माग गर्न डा.केसीको माग


  • शुक्रबार, असार १८ २०७८
12.8K
SHARES

फाइल तस्बिर

अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग डा.केसीले गरेको हुन् ।

बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् ।

बिपी प्रतिष्ठानका चारै शीर्ष पदाधिकारीहरूले थप एक मिनेट पनि पदमा रहने नैतिकता र वैधता गुमाइसकेको केसीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । दलीय बफादारिता नभई वरिष्ठता, इमानदारी र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्त गर्नुपर्ने डा। केसीको भनाइ छ । बिपी प्रतिष्ठानमा भइरहेको अनियमितताका विरोधमा प्रतिष्ठानका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरू १८ दिन देखि आन्दोलनमा छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा