प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावको तयारी थालेको छ । मधेसकेन्द्रित दलहरूलाई टक्कर दिने र चुनावपछि मधेसको एक नम्बर पार्टी बन्ने सो पार्टीका नेताहरुको दाबी छ ।
जनमत पार्टीका महासचिव चन्दन सिंहले पार्टी चुनावमा केन्द्रित रहेको बताए । त्यसका लागि सङ्गठन विस्तारलाई तीव्रता दिइएको उनले जानकारी दिए ।
चैतमा महाधिवेशन सकिएपछि हाम्रो अवधारणा नै सङ्गठन विस्तार गर्ने हो । तत्कालै हामीले मधेसका जिल्लामा सङ्गठन निर्माणलाई तिव्रता दिएका छौं’, सिंहले भने, ‘काठमाडौं उपत्यकामा पनि जिल्ला कमिटी गठन ग¥यौँ, चुनावमा जान पार्टी तयार छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गरेको सो पार्टीले प्रजातान्त्रिक प्रणालीमा चुनावमा जानु उचित भएको टिप्पणी गरेको छ ।
केपी ओलीलाई दोष दिएर मात्रै समस्याको समाधान हुन नसक्ने भन्दै महासचिव सिंहले आन्तरिक समस्या र देशको वर्तमान परिस्थितिलाई पनि बुझ्नुपर्ने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।