शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कोपा अमेरिका क्वार्टरफाइनल : ब्राजिल र चिली भिड्दै


  • शुक्रबार, असार १८ २०७८
12.4K
SHARES

कोपा अमेरिका क्वार्टरफाइनल

विश्वकै सबैभन्दा पुरानो मानिने दक्षिण अमेरिकी महादेशको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कोपा अमेरिका फुटबलमा आज रातीबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुने भएकाे छ । क्वार्टरफाइनल अन्तर्गतकाे पहिलो दिन दुई खेल हुनेछ । धेरैको नजर ब्राजिल र चिली बीचको खेलमाथि देखिएकाे छ ।

पहिलो खेलमा पेरु र पराग्वेको खेल हुनेछ । इस्टाडियो ओलम्पिको पेड्रो लुडोभिचो रंगशालामा हुने यस खेलनेपाली समयअनुसार शनिबार बिहानको राति ठीक २ः४५ बजेबाट सुरु हुनेछ ।

क्वार्टरफाइनल अन्तर्गतकाे दोस्रो खेल सबैभन्दा अझ राेचक हुने देखिएकाे छ। आयोजक देश ब्राजिल र पाहुना टोली चिली आमनेसामने हुँदैछन् । आफ्नो भूमिमा खेलिरहेको ब्राजिल आज राति यो खेलमा पाहुना टोली चिलीलाई ओलम्पिको रंगशालामा स्वागत गर्नेछ । यो खेल नेपाली समयअनुसार शुक्रबार बिहान ठीक ५ः४५ बजेबाट सुरु हुनेछ । घरेलु टोली ब्राजिल यसअघि २०१९ को उपाधि च्याम्पियन टोली हो । यसपटक पनि आफ्नै भूमिका कोपा आयोजना गरेको ब्राजिलले लगातार दोस्रोपटक उपाधि च्याम्पियन बन्ने दाउमा उभिएकाे छ ।

हालको अवस्थामा क्वार्टरफाइनल चरणमा सबैभन्दा ठूलो खेल ब्राजिल–चिलीलाई नै मानिएको छ । यस तुलनामा उपाधिको अर्को दाबेदार टिम अर्जेन्टिनालाई पनि निकै सजिलो इक्वेडर प्रतिस्पर्धी परेको छ । तर, अर्जेन्टिनाले सो खेल जितेर अघि बढे सेमिफाइनलमा उसले कठिन प्रतिस्पर्धी पाउनेछ भने त्यहाँ बाजिलले भने सहज प्रतिस्पर्धी पाउनेछ । क्वार्टरफाइनलमा ब्राजिल भर्सेस चिलीको खेलबाहेक उरुग्वे भर्सेस कोलम्बियाको खेल पनि रोमाञ्चक हुनेछ । यस खेलमा दुवै बलिया टोली भिड्नेछन् ।

जारी कोपामा निकै शानदार लयमा रहेको ब्राजिलले आज अर्टुरो भिडालको चिलीमाथि उत्कृष्ट नतिजा निकाल्न प्रयास गर्नेछ । सन् २०१५ र २०१६ को कोपा च्याम्पियन चिलीमाथि ब्राजिलले जित निकालेको खण्डमा उपाधि दाबेदार एक टिम भने अन्तिम आठबाटै बाहिरिनेछ । त्यसपछि ब्राजिल, उरुग्वे र अर्जेन्टिनालगायत टिम रहनेछन् । चिली र ब्राजिल दुवै उपाधि होडमा रहेकाले दुई पूर्व च्याम्पियन टोलीहरूको यो भिडन्त निकै घमाशान हुने पक्का छ । समूह चरणमा ब्रालिल अपराजित रहँदै अघि बढेको टोली हो भने चिलीले भने ठूलै संघर्ष गर्नु परेको थियो ।

क्वार्टरफाइनल खेलकै लागि भनेर यसअघि समूह चरणको अन्तिम खेल इक्वेडरविरुद्ध खेल्दा ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेइमारसहित केही मुख्य खेलाडीलाई आराम दिएका थिए । तर, आज नेइमारसहितका सबै मुख्य खेलाडी चिलीविरुद्ध उत्रिनेछन् । यसै खेलका लागि भनेर टिटेले अघिल्लो खेलमा मुख्य खेलाडीलाई आराम दिएका थिए । जारी कोपामा नेइमार उच्च लयमा छन् । उनले समूह चरणमा ३ खेलमा ३ गोल र १ असिस्ट गरिसकेका छन् ।

ब्राजिल र चिली हालसम्म सबैखाले प्रतियोगितामा ७२ पटक भिडेका छन् । जसमा ब्राजिलले चिलीविरुद्ध ५१ खेल जितेको छ भने चिलीले ब्राजिललाई १३ पटक हराएको छ । यी दुई टोलीबीच ८ खेल भने बराबरीमा सकिएका छन् । यी दुई अन्तिमपटक सन् २०१७ मा विश्वकप छनौटमा खेल थिए । २०१७ को अक्टोर १० मा भएको सो खेलमा ब्राजिलले चिलीलाई ३–० ले हराएको थियो । त्यसअघि सन् २०१५ भएको खेलमा भने चिलीले ब्राजिललाई २–० ले हराएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा