शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

थप १० लाख डोज खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै


  • शुक्रबार, असार १८ २०७८
10.3K
SHARES

फाइल तस्विर

अर्को साता चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने भएको छ ।

निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी दिए ।

‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने ।

खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए । बालुवाटारमा शुक्रबार भएको एमाले केन्द्रिय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री केपी शर्मा ओलीले पनि केही दिनमै खोप आउने बताएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा