शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

सभामुख सापकोटाको तर्फबाट ५ अधिवक्ताले बहस गर्ने


  • शुक्रबार, असार १८ २०७८
9.9K
SHARES

फाइल तस्विर

सर्वोच्च अदालतमा प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिटमाथि आज सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट ५ अधिवक्ताले बहस गर्ने भएका छन् ।

सर्वोच्चको संवैधानिक इजलासमा जारी बहसमा सभामुख सापकोटाको तर्फबाट वरिष्ठ अधिवक्ता, श्यामप्रसाद खरेल, वरिष्ठ अधिवक्ता लभकुमार मैनाली, वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ता मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् ।

आज सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट बहस सुरु हुने भएको हो । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै संसद् पुनःस्थापनाको माग सहित सभामुख सापकोटाले सर्वोच्चमा रिट दायर गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा