शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

डेढ घण्टामा प्रधानमन्त्री तर्फबाट १३ वकिलले बहस गर्दै


  • शुक्रबार, असार १८ २०७८
10.4K
SHARES

फाइल तस्विर

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा शुक्रवार पनि प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहसले निरन्तरता पाउने छ । प्रधानमन्त्री तर्फको कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी रहेको १ घण्टा ३० मिनेटमा १३ जना वकिलले बहस गर्दैछन् ।

शुक्रवार बरिष्ठ अधिवक्ता रमेश गुरागाईं, विष्णुमणी अधिकारी र अधिवक्ता ईश्वरी प्रसाद भट्टराईले १०–१० मिनेट बहस गर्ने बताइएको छ ।

प्रधानमन्त्रीका कानुन विज्ञ बाबुराम दाहालले ७ मिनेट बहस गर्नेछन् । अधिवक्ता भोजराज आचार्य, सिपी रेग्मी, बलबहादुर राई, रुद्रप्रसाद पोखरेल, शान्ति देवी खनाल, विष्णुमाया भुषाल, धर्मराज रेग्मी, अनन्त लुईँटेल र लोकनाथ खरेलले प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैछन् । उनीहरु सवैलाई ७ मिनेटको दरले समय छुट्याइएको छ ।

प्रधानमन्त्री तर्फका कानुन व्यवसायीको बहस सकिएपछि सभामुख अग्नि प्रसाद सापकोटाका कानुन व्यवसायीको बहस शुरु हुनेछ ।

सभामुखको तर्फबाट बहसका लागी सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र अरु आधा घण्टा संवैधानिक इजलासले थप गर्नेगरी समय छुट्याइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा