लगातारको वर्षााले मुग्लिन-नारायणगढ सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएको छ ।पहिरोले नारायणगढ–मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इच्छाकामना गाउँपालिका–६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । यसअघि वर्षाका कारण १४ किलोमा पहिरो खस्दा बाटो एकतर्फी मात्रै सञ्चालनमा आउन सकेको थियो ।
हिजो साँझ ठूलो ढुंगासहित पहिरो झरेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । लगातारको वर्षासँगै मुग्लिन–नारायणगढ सडकखण्डको विभिन्न ठाउँमा छिनछिनमा पहिरो झर्ने क्रम रोकिएको छैन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।