शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

मेलम्चीको बहाव बढ्यो, सतर्क रहन आग्रह


  • बिहिबार, असार १७ २०७८
11.2K
SHARES

फाईल तस्बिर

सिन्धुपाल्चोकमा पर्ने मेलम्ची खोलाको बहाव बढेको छ । मेलम्चीको बाढीले केही दिन अघिमात्र ठूलो क्षति व्यहोरेका स्थानीयवासी फेरि आएको बाढीबाट त्रसित बनेका छन् ।

यही असार १ गते र असार ५ गतेको बाढीले जोगाएको खोला किनारका घर तथा संरचना र खेतीयोग्य जमीनसमेत अहिलेको वर्षाले कटान गरिरहेको स्थानीय बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका शेर्माथाङ्ग, धाप र चौतारा वर्षामापन केन्द्रमा बुधबार बेलुकादेखि लगातार मध्यमदेखि भारी वर्षा मापन भएको छ । सो क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले मेलम्ची बजार लगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सिन्धुपाल्चोक प्रहरीले हेलम्बुदेखि मेलम्चीसम्मको बस्ती जोखिममा परेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा