शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कोरोना दबाउन सिंगापुरको ‘क्रान्तिकारी’ रोडम्यापः संक्रमण गणना नै नगर्ने, लकडाउन हटाउने


  • बिहिबार, असार १७ २०७८
9.2K
SHARES

फाइल तस्बिर

कोरोनाभाइरसको डेल्टा प्रजातिको संक्रमण वृद्धि भएसँगै एसिया प्रशान्त क्षेत्रीय मुलुकहरुले पुनः प्रतिबन्ध लागू गर्ने तयारी थालेका छन् । तर, सिंगापुरले भने जीवनलाई ‘न्यू नर्मल’ अवस्थामा फर्काउन नयाँ योजना अघि सारेको छ ।

सिंगापुरको तीन सदस्यीय कोभिड–१९ कार्यदलले यस्तो ढाँचा अघि सारेको छ, जसले अन्य मुलुकलाई छक्क तुल्याउन सक्छ । प्रस्ताव गरिएको रोडम्यापमा लकडाउन अन्त्य गर्नेदेखि सामूहिक कन्ट्याक्ट ट्रेसिङ पनि नगर्ने, क्वारेन्टाइनरहित यात्राको अनुमति दिनेदेखि भीडभाड हुने थलोलाई सुचारु गर्नेसम्मका छन् । यतिसम्मकी कोरोनाभाइरस संक्रमणको गणना नै नगर्नेसम्म ।

शून्य संक्रमण तुल्याउन प्रतिबन्धहरु लागू गर्ने मोडेललाई आत्मसात गरेका केही देश र क्षेत्रका लागि सिंगापुरको यो रोडम्याप एउटा क्रान्तिकारी प्रस्थानबिन्दु हुनसक्छ । सिंगापुरको यो कदम उसको मुख्य प्रतिस्पर्धी व्यापारिक सहर हङकङलाई पनि एउटा सन्देश हुनसक्छ जसले ठूला भीडभाड रोक्न प्रतिबन्धहरु लागू गरिरहेको छ ।
सिंगापुरले महामारीलाई किन यति हलुका ढंगले लिँदैछ ? यसको एउटा सजिलो जवाफ छ: बढीभन्दा बढी खोप लगाउनु ।

जुलाई पहिलो सातासम्म आफ्नो दुई तिहाइ जनसंख्यालाई खोप लगाउने सिंगापुरको योजना छ । साथै, अगस्ट ९ भित्र सबैले खोप लगाउन पाउने उसको तयारी छ ।

‘खोप भनेकै भाइरसको संक्रमण र जोखिमलाई कम गर्ने एकमात्र उपाय हो, यदि तपाईं संक्रमित हुनुभयो भने पनि खोपले तपाईंलाई गम्भीर रोग लाग्नबाट जोगाउन सक्छ’ ती मन्त्रीले भने ।

बढीभन्दा बढीले खोप लगाउन सके भाइरस अनुगमन र नियन्त्रणका लागि सिंगापुरको संक्रमण संख्या परिवर्तन हुनसक्छ । सिंगापुरले यसअघि इन्फ्लुएन्जाको संक्रमण रोक्न आत्मसात गरेका विधिहरुलाई नै पालना गर्ने तयारी गरेको छ । मुख्यतः उसको अनुगमन अब कतिजना गम्भीर बिरामी भए र कतिजना भेन्टिलेटरमा जानुपर्ने परिस्थिती हुनसक्छ भन्नेतर्फ केन्द्रित हुनेछ । संक्रमित बिरामीलाई घरमै निको हुनको लागि अनुमति दिइनेछ ।

‘हामी हाम्रो स्वास्थ्य प्रणालीलाई लिएर बढी नै चिन्तित हुँदैनौं’ ती मन्त्रीहरुले उल्लेख गरेका छन् ।

नयाँ र संक्रामक भाइरस विश्वभर फैलँदै जाने भएकाले भविष्यमा त्यसलाई रोक्न पनि बहुवर्षीयरुपमा खोप अभियान संचालन गर्नुपर्ने र बेला–बेलामा बुस्टर (क्षमता प्रदान गर्ने) डोजहरु दिन सकिने पनि ती मन्त्रीहरुले उल्लेख गरेका छन् ।

अहिलेको समयमा परीक्षण र अनुगमन जरुरी भएपनि ट्रयाक र संक्रमितको सम्पर्कमा आएका र विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्नुभन्दा ठूला समारोह र भीडभाडजन्य कार्यक्रम गर्नुअघि विशेषरुपमा परीक्षण गर्न सकिने उनीहरुको प्रस्ताव समेत छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा