मंगलबार, कार्तिक ११ २०८३
ताजा अपडेट

सवारी ज्यान मुद्दामा सांसदका छोरा पुर्पक्षका लागि जेल चलान


  • बिहिबार, असार १७ २०७८
6.3K
SHARES

फाईल तस्बिर

सवारी ज्यान मुद्दामा विराटनगर–५ बरगाछीका २४ वर्षीय रोबिन भनिने रबिन सिंह कार्की पुर्पक्षको लागि जेल चलान भएका छन्।

मोरङ अदालतका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई बुधबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनी कारागार चलान भएका हुन् ।

कार्कीले मादक पदार्थ सेवन गरी गाडी चलाएर ठक्कर दिई मजदुरको ज्यान लिएपछि सवारी ज्यान मुद्दा खेपिरहेका थिए ।

गत जेठ २० गते बिहीबार राति साढे ७ बजे कार्कीले चलाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले दुई पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो भने मोरङको कटहरी गाउँपालिका– २ का २७ वर्षीय राजकुमार राजवंशी गम्भीर घाइते भएका थिए ।

रबिनविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मङ्गलबार जिल्ला अदालत मोरङमा ‘सवारी ज्यान मुद्दा’ को कसुरमा अभियोग दर्ता गराएको थियो। रबिन नेपाली काँग्रेसकी प्रदेश- १ प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा