शनिबार, साउन ३० २०८३
ताजा अपडेट

लोक सेवाका रोकिएका परीक्षाहरु १५ साउनदेखि


  • बुधबार, असार १६ २०७८
9.4K
SHARES

फाईल तस्बिर

लोक सेवा आयोगले कोरोना संक्रमण महामारीका कारण रोकिएका परीक्षाहरु साउन १५ गतेदेखि सन्चालन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले रोकिएका परीक्षाहरु साउन १५ देखि असोज २५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणका कारण र आयोगमा पदाधिकारी रिक्त हुँदा खरिदारदेखि सहसचिवसम्मका परीक्षाहरु रोकिएका थिए ।

आयोगले ११ वटा विज्ञापनमा रोकिएका परीक्षा, अन्तर्वार्ता, नतिजा प्रकाशनलगायतको कार्यतालिका सार्वजनिक गरिसकेको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

परीक्षा पूर्वनिर्धारित समयमा सन्चालन नहुँदा आयोगको वार्षिक कार्यतालिका नै प्रभावित भएको छ । रोकिएका परीक्षाहरु तीनदेखि चार महिनाभित्र सन्चालन गरिसक्ने लक्ष्य छ । परीक्षाहरु जतिसक्दो छिटो सक्न दुईदेखि तीन सिˆटमा परीक्षा सन्चालन गर्ने तयारी आयोगले गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा