बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

थप २,६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु


  • मंगलबार, असार १५ २०७८
10.8K
SHARES

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा २,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार ११,६४० जनामा परीक्षण गर्दा २,४४४ जनामा संक्रमण देखिएकामा मंगलबार ११,७४८ जनामा परीक्षण गर्दा झण्डै दुई सय जना बढी संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४,४८९ जना रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।

हाल देशमा सक्रिय संक्रमितको संख्या ३५ हजार ३१० जना रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा