शनिबार, साउन ९ २०८३
ताजा अपडेट

महान्यायाधिवक्ताको प्रश्न- केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बन्छु भन्ने ?


  • सोमबार, असार १४ २०७८
9.5K
SHARES

फाइल तस्विर

महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपतिविरुद्ध मुद्दा हालेर शेरबहादुर देउवालगायतका रिट निवेदकहरूले आफ्नो इज्जत फालेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सरकारी पक्षबाट बहस गर्दै महान्यायाधिवक्ता बडालले देउवाले प्रधानमन्त्रीमा दावी गर्न बुझाएको लिखतकै वैधानिकतामाथि प्रश्न उठाए ।

त्यो कागज देउवालाई प्रधानमन्त्री बनाउनकै लागि तयार गरिएको हो त ? कतै कम्युटर टाइप छ, कतै हस्तलिखित छ, कतै टिपेक्स लगाएको छ । यो त मजाक हो । केरमेट गरेको कागज बुझाएर प्रधानमन्त्री बनाएन भन्ने ? ’, बडालले भने ।

राष्ट्रपतिले संविधान बमोजिम नै ७६ (५) को सरकार बन्ने सम्भावना नदेखेको भन्दै बडालले राष्ट्रपतिविरुद्ध मुद्दा दिने र आरोपित गर्ने निवेदक पक्षले आफ्नै बेइज्जत गरेको दावी गरे । ‘राष्ट्रपतिले उहाँहरुको इज्जत जोगाइदिएकै हो । राष्ट्रपतिलाई मनपरी गाली गरेर उहाँहरुले राष्ट्रपतिको मात्रै होइन आफ्नै बेइज्जत गर्नुभएको छ’, उनले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ को ३ अनुसारको सरकार सञ्चालन गर्न नचाहेकै कारण नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको भन्दै बडालले ७६ (५) को सरकार बन्न नसक्नुको दोष प्रधानमन्त्रीलाई दिन नमिल्ने बताए ।

‘राष्ट्रपतिले बहुमतको आधार हेर्ने हो । त्यस्तो आधार विवादास्पद वा शंकाजन्य भएमा अस्वीकार गर्ने छुट त हुन्छ नि’, बडालले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा