
संसदको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद एबम पूर्व स्वास्थ्य मन्त्री तथा युवा नेता गगनकुमार थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले तत्काल राजीनामा दिनु पर्ने बताएका छन् ।
प्रेस युनियनको २८ औं वर्षगाँठको अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भने, ‘गृहमन्त्रीले सुरक्षा दिन खोज्नुभएको कि नागरिकलाई तर्साउन खोज्नुभएको ? नागरिकलाई सुरक्षा दिन नसकेकाले गृहमन्त्रीले राजीनामा दिनुपर्छ । हमीलाई सुरक्षा दिने गृहमन्त्री चाहिएको हो ।’
नेता थापाले सरकारले अधिनायकवादतर्फ सोचले अगाडि बढ्दै गए नेपाली काँग्रेसले ठेगान लगाउने बताएका छन् । उनले भने, ‘राजा ज्ञानेन्द्रलाई ठेगान लगायौं । अब राजा बन्न खोज्नेलाई रोक्ने तागत पनि हामीसँग छ ।’यता गृहमन्त्री थापाले सरकार देशमा शान्ति सुरक्षा कायम गर्न सबैभन्दा सफल रहेको दाबी गर्दै आएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीले आइतबार काठमाडौंमा भएको बम विस्फोटबारे जानकारी दिँदै उपत्यकामा विप्लवको चार कम्पनी जनसेना रहेको बताएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।