शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्दा ओली मौन


  • आइतबार, असार १३ २०७८
12.3K
SHARES

तस्विरः फाइल

नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी एकता गर्नुपर्छ भनेरै थप निर्णय गरिएन, स्रोतले भन्यो ।

बैठकमा नेताहरुले एकता जोगाउनु अनिवार्य रहेकाले हदसम्मको लचकता अपनाउनुपर्ने तर्क गरेका थिए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले त माधव नेपाललाई अर्को अध्यक्ष बनाउँदा एकता जोगिन्छ भने त्यहाँसम्म पुग्नुपर्ने सुझाव दिएका थिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा भएको गरिएका निर्णय समेत सम्झाएका थिए । ‘प्रचण्डलाई तपाईंले अध्यक्ष बनाएको होइन, वामदेव गौतमलाई विधानमै नभएको उपाध्यक्ष बनाएको होइन ?,’ गुरुङले भने, ‘अहिले एमालेको एकता आवश्यक छ । माधव नेपाललाई अध्यक्ष बनाउँदा पार्टी ठीक ठाउँमा आउँछ भने त्यहाँसम्म पुग्नुपर्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा