बुधबार, कार्तिक १२ २०८३
ताजा अपडेट

माइक्रोबसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्य


  • आइतबार, असार १३ २०७८
12K
SHARES

फाइल तस्विर

सुनसरीको कोशी गाउँपालिका- ८ मा तीन वटा सवारी साधन दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

आइतबार बिहान पूर्वपश्चिम राजमार्गको कोशी गाउँपालिका-८ खण्डमा माइक्रो बस -हाइस)ले मोटरसाइकल र पिकअप भ्यानलाई ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा३ख ७२२४ नम्बरको हाइसले पूर्वतर्फ आउँदै गरेको स६प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । लगतै सोही दिशाबाट आउँदै गरेको को१च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डीएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिको हाइसको ठक्करबाट मोटसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअपका चालक विराटनगर- ७ का करीब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो ।

हाइस चालक नुवाकोट विदुर नगरपालिका- १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका- ११ का २५ वर्षीय नारायण बस्याल पनि सामान्य घाइते छन् । पानी परिरहेको समयमा तीव्र गतिमा हुइकिएका कारण दुर्घटना भएको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा