शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता


  • आइतबार, असार १३ २०७८
10.5K
SHARES

फाईल तस्बिर

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ ।

शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।

भदौ महिनापछि पूर्णक्षमतामा बिजुली उत्पादन

माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको छ । आयोजनाका ६ वटा युनिटहरुमध्ये आगामी साता पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए ।

‘त्यसपछि अर्को युनिटबाट असार महिना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं’, न्यौपानेले भने, ‘भदौ महिनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सुरु गर्ने तयारीमा छौं ।’

माथिल्लो तामाकोसीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा