राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले हालको अस्थिरता समाधानका लागि सहज बाटो चुनाव रहेको बताएका छन्।
अस्थिरता र संकट समाधान गर्न सहज, प्रजातान्त्रिक र संवैधानिक बाटो चुनावमात्र हुनसक्ने उनको भनाइ छ।
प्रतिगमनको त्रास देखाउनेहरूले विदेशीलाई ‘कम्फर्टेबल’ सरकार र सर्वसत्तावाद लाद्न खोजेको थापाले आरोप लगाएका छन्।
‘प्रतिगमनको त्रास देखाएर चुनावको विरोध गर्नेहरूले प्रजातन्त्र र संविधानलाई बलियो बनाउन होइन विदेशीलाई ‘कम्फर्टेबल’ सरकार बनाइ भ्रष्टाचार, सर्वसत्तावाद र अस्थिरताको नयाँ श्रृंखला चलाउन खोजेका छन्,’ थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।